Thaha

Monday 29 April - 6:32 pm NST

भारतका नाकाबन्दिका कारण डेरी उद्योग बन्द हुदै,  किसानको दैनिक साँढे २ करोड नोक्सान हुने


सन्चु ब्लोन,

काठमण्डौं २३ असोज ।
निजी डेरी उद्योगहरुले पेट्रोल डिजेलका अभावका कारण भोलिदेखि सबै निजि डेरी उद्योगहरु बन्द हुने जनाएको छ । नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले काठमण्डौंमा आज संयुक्त पत्रकार सम्मेलन गरी इन्धनको अभावका कारण बाध्य भएर उद्योग बन्द गर्नुपर्ने अवस्था आएको भन्दै किसानको दुध किन्न नसक्ने जानकारी गराएका हुन । 


नेपाल आयल निगमले भारतको नाकाबन्दिपछि कोटा प्रणाली अनुसार वितरण गदै आएको पेट्रोलियम पदार्थ भारी मात्रमा कटौती गरेपछि उद्योग बन्द हुने भएको डेरी उद्योग संघका अध्यक्ष प्रदिप महर्जनले पत्रकार सम्मेलmनमा जानकारी दिनुभयो । आयल निगमले यसअघि १२ हजार लिटर दिएकोमा ६ हजार हुदै अहिले ३ हजार लिटर मात्र उपलब्ध गराउने भनेको र कुन दिन दिने कुनै मिति नखुलाएको कारण उद्योग बन्द गर्नुको कुनै विकल्प नरहेको नेपाल डेरी एसोसिउसनका अध्यक्ष सुमित केडियाले बताउनु भयो । 


दशैभरीका डोरी उद्योगका लागि दैनिक ९ हजार लिटर डिजेल र लोडसेडिङ नहुने हो भने आंसिक रुपमा डेरीहरु चल्न सक्ने उहाँले बताउनु भयो । एसोसियसनमा आवद्ध १ सय ५७ वटा डेरी मध्ये आधाभन्दा बढि यसअघि नै बन्द भइसकेका अध्यक्ष केडियाले बताउनु भयो । उद्योग बन्द हुने भएपछि दुध उत्पादन गर्ने किसानहरुको रोजीरोटी संकटमा पर्ने भएको छ । किसानहरुको निजी डरी उद्योगहरुले दैनिक ५ लाख लिटर दुध किन्दै आएका छन् । उद्योगहरु बन्द हुँदा किसानको दैनिक करिब साँढे २ करोड र उद्योगको १ करोड नोक्सानी हुने उद्यागीहरुको भनाई छ । निजी डेरी उद्योगमा करिब १५ अरबको लगानि रहेको डेरी एसोसियसनले जानकारी दिएको छ ।